जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १७:३०

प्रधानमन्त्री प्रचण्डसँग दुई घण्टा वार्ता गरेर बालुवाटारबाट निस्किनुभयो अध्यक्ष ओली


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वान टु वान बैठक सकिएको छ । प्रधानमन्त्री प्रचण्डसँग करीब दुई घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्कनु भएको हो । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच करीब २ घण्टा छलफल भएपनि राष्ट्रपतिका विषयमा के–कस्तो समझदारी भयो भन्ने विषयमा बाहिर सार्वजनिक भएको छैन । ओली बालुवाटारबाट निस्किएलगत्तै पुराना गठबन्धन शीर्ष नेताहरु छलफल गर्ने भएका छन् ।

राष्ट्रपतिका साझा उम्मेदवार तय गर्न पुराना गठबन्धनका नेताहरु बसेर फाइनल गर्ने बताइएको छ । राष्ट्रपतिको विषयलाई लिएर पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले–माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा जुट्नु भएको हो ।