जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १८:२८

प्रतिनिधिसभा बैठकमा देखियो लज्जाजनक दृष्य


काठमाडौं, फागुन १२ । प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

आज बसेको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्य नभएको भन्दै नियमापत्ति जनाएपछि गणना गर्दा कोरम नपुगी बैठक स्थगित भएको हो ।

कुल २७५ सांसद रहेको प्रतिनिधिसभामा गणना गर्दा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाउने भन्दै सवै काम छाडेर एक सातासम्म छलफलमै रहेपछि सांसदहरु बैठक छाडेर हिँडेका थिए ।

सरकारले संसदलाई बिजनेससमेत दिन नसकेको अवस्थामा आज इतिहासमै सवैभन्दा बढी सांसदले बैठक छाडेर हिडेका हुन । आजको उपस्थितिलाई लिएर उपस्थित सांसदहरुले लज्जाजनक दृष्यको संज्ञा दिएका छन ।