काठमाडौं,फागुन १३। राष्ट्रिय प्रजातन्त्र पार्टीका सवै मन्त्रीहरूले राजीनामा दिएका छन ।
प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरउपप्रधान तथा जलश्रोत मन्त्री राजेन्द्र लिंङदेनसहित चारै मन्त्रीले राजीनामा पत्र बुझाउनु भएको हो ।
शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोततथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाउनुभएको हो ।
आज नै राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

















प्रतिक्रिया दिनुहोस्