जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १५:४७

मेयर शाहको खुलासा : मलाई राजीनामा दिन लगाउन खोजिदैछ


काठमाडौं, फागुन १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले आफूलाई राजीनामा दिन दबाब आएको खुलासा गर्नुभएको छ ।

मेयर शाहले आज सामाजिक सञ्जालमै लेखेर आफूलाई राजीनामा दिन लगाउन लागेको बताउनुभयो ।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन,’ मेयर शाहले लेख्नुभएको छ, ‘यो देश कहिले पनि बन्दैन ।’ यद्यपी शाहले कस्ले राजीनामा दिन लगाउँदैछन भन्ने चाँहि खुलाउनु भएको छैन ।