जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १७:२२

२५ फागुनसम्म प्रधानमन्त्री प्रचण्ड सहमतिमा आउने एमाले अध्यक्ष ओलीको बिश्वास


काठमाडौं, फागुन, १४ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल प्रचण्ड आफनो बचनमा पक्का नरहदाँमुलुकमा राजनीतिक अस्थिरता बढेको बताउनु भएको

राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डमाबचन फेर्ने पुरानो बानी नसुध्रिएको बताउनु भएको हो।

प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयोदुई महिना गाह्रो भयो है। नहोस् पनि कसरीउहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन सक्दिन, कतिञ्जेल रोक्ने?’ प्रचण्डको ब्यवहारबाट दिक्क बनेको तथ्य खोलदै अध्यक्षओलीले भन्नुभयो

माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिलादेखि नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहारनसुध्रिएको बताउनु भयो

तपाईंहरूलाई थाहा बिरालो पाल्न किन्नु पर्दैन दूध भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भातदिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छओलीले भन्नुभयो

ओलीले अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै आगामी २५ फागुनसम्मसहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको पनि बताउनु भयो