लमजुङ, १६ फागुन । लमजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–८, खिन्चोक बेंसीमा बस्दै आएकी ९१ वर्षीया हाँगी कामीको टहरासँगै जलेर मृत्यु भएको छ । सोमबार राति टहरामा आगलागी भएपछि सुतिरहेका उहाँको जलेरै मृत्यु भएको देखिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार हाँकी कामी एक्लै पकाएर खाने र टहरामा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँलाई रेखदेख गरिरहने एकजना रहेको र जेठीपट्टीका नातिनातिना गाउँमा रहेपनि हाँगी एक्लै बस्दै आउनुभएको थियो । आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएको छ ।
छिमेकीले राति अबेर आगो निभाए पनि वृद्धा सकुशल उद्धार गर्न नसकेको र लत्तकपडा, भाँडाकुँडा, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका इन्सपेक्टर राजन तिमिल्सिनाले बताउनुभयो । चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनि राखेका दाउरामा आगो सल्केको र खाटमा सुतिरहेकी उनी जलेको देखिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्