काठमाडौं, फागुन १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको निवास भैसीपाटी पुग्नुभएको छ ।
एमाले बरिष्ठ उपाध्यक्ष त्यागेर अभियानमा लाग्नुभएका गौतमलाई आज भैंसेपाटीस्थित निवासमा पुगेर ओलीले छलफल गर्नुभएको हो । ओजको भेटबार्तासँगै ओली र गौतमबीच लामो समयदेखि रहेको संवादहीनता तोडिएको छ । पुराना राजनीतिक सहकर्मी तथा दोष्त ओली र गौतमबीच आज लामो छलफल भएको छ ।
राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका गौतम भेट्न ओली निवासमै जानुभएको हो । एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा उपाध्यक्ष नेम्वाङलाई मत माग्दै कांग्रेसबाहेकका संसद प्रतिनिधित्व गर्ने दललाई पत्र पठाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्