काठमाडौं, फागुन १८ । नेकपा एमालेका नेताहरु पार्टी बिभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादीको कार्यालय पहिलो पटक पुगेका छन ।
राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै एमाले नेताहरू आज नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका हुन ।
राष्ट्रपतिका उम्मेदवार रहनुभएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुग्नुभएको हो ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । उक्त चुनावमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा हुनुहुन्छ ।
नेकपा एकीकृत समाजवादीले आठ दलीय गठबन्धनमा सहभागी भई कांग्रेस उम्मेदवार रहेका रामचन्द्र पौडेललाई सो दलले निर्णय गरिसकेको भएपनि एमाले नेताहरु मत माग्दै कार्यालयमै पुगनुभएको हो
प्रतिक्रिया दिनुहोस्