काठमाडौं, १९ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको थियो भने आज १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुनको मूल्य १ लाख २ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य आज १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार तेजावी सुन तोलाको १ लाख २ हजार १०० रुपैयाँ तोकिएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । संघका अनुसार चाँदी १२ सय ६५ रूपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्