जनता टाइम्स

१९ फाल्गुन २०७९, शुक्रबार १४:०७

पनौतीको आदित्य महाअनुष्ठानमा एमाले अध्यक्ष ओली पुग्दा जे देखियो (फोटोफिचर)


काभ्रेपालाञ्चोक, फागुन १९ । पनौती नगरपालिका–२ स्थित आदित्य मोक्षधाममा बिहीबारबाट महाअनुष्ठान सुरू भएको छ। यो महाअनुष्ठान इतिहासकै अनौठो र विलक्षण प्रयोग गरिएको ओम आदि फाउन्डेसनले गरेको हो। महाअनुष्ठान सुरूभएसँगै मोक्षधाममा भक्तजनको घुँइचो लागेको छ।

यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाअनुष्ठानको कार्यक्रममा सहभागी हुन पनौती आउनु भएको छ । अध्यक्ष ओलीले बालगुरू आदित्यलाई भेटनुभएको छ ।

विश्व कल्याण एवं संकट निवारणको उद्देश्यले आयोजना गरिएको महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने आदि फाउन्डेसनले जनाएको छ।

महाअनुष्ठानमा १० कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवनसमेत गरिनेछ। अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा देवी भागवत मात्रै होइन, सात पुराण एवं दुर्गा सप्तसती चण्डी पाठ र चार वेद पाठ पारायण (चार दिशामा) गरिने भएको छ।

फाउन्डेसनका सदस्य सचिव क्याप्टेन रामेश्वर थापाले तीन दिनसम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, मकाली स्थापना, मकार यन्त्र पतिस्थापन, चित्त अग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने बताउनु भयो ।

कार्यक्रम संयोजक आदित्य गुरुको उपस्थितिमा हुने कार्यक्रममा गुरुदेव आदि चन्द्र योगीले १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान सम्पन्न पछिको छैटौँ शृंखलाको प्रयोग रहेको बताउनु भयो ।