काठमाडौं, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताउनुभएको छ । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उहाँले बताउनुभयो ।
संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उहाँले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताउनुभयो ।
अध्यक्ष लिङ्देन सामाजिक सञ्जालमा लेख्नुहुन्छ, संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्