जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १३:१९

सुनको भाउ ३०० रुपैयाँले बढ्यो


काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।