जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १३:४९

नेपाली महिला पाईलट समुहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान


लण्डन, २१ फागुन । काठमाण्डौं–युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भर्नुभएको छ । आज, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाउनुभएको छ ।

उहाँसंगै को–पाईलट शृजना रावत उडानमा रहनुभएको थियो । उहाँले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिनुभएको छ ।

उहाँहरुले विमान युएई विमान स्थलमा पुगेपछि गैरआवासीय नेपाल संघ (यूएई) ले उहाँहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिनुभयो । सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुग्नुभएको थियो ।