जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १४:२७

धनुषामा ट्याक्टरमा मोटरसाईकल ठोक्किदा दुईको मृत्यु


जनकपुर, २१ फागुन । लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा गएराति भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका–४ सपही का ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमअनुसार राति ९ बजेतिर ज १ त ५२४५ नम्बरको ट्याक्टरले ज १० प ६४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो । टयाक्टर र टयाक्टर चालकलाई नियन्त्रणमा लिएर आवाश्यक कारबाही प्रक्रिया सुरु गरिएको छ ।