जनता टाइम्स

२३ फाल्गुन २०७९, मंगलवार १४:०४

सुनको भाउ तोलामा ३०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २३ फागुन । नेपाली बजारमा आज सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको ।

यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । आइतबार १ हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।