जनता टाइम्स

२३ फाल्गुन २०७९, मंगलवार १४:४४

एनआइसी एसिया लघुवित्तको नगद लाभांश घोषणा


काठमाडौं, २३ फागुन । एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तले २०७८/७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिनेछ ।