काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन जानुभएको छ ।
अध्यक्ष नेपालका भाइसमेत रहनु भएका समाजवादी पार्टीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको थियो।
अध्यक्ष ओली अध्यक्ष नेपाललाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुग्नुभएको हो । सरोजको गत शनिबार निधन भएको थियो।
शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्