मोरङ, फागुन २४ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धन नटिक्ने प्रष्ट पार्नुभएको छ । मोरङको उर्लाबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ८ दलीय गठबन्धन कुर्सीका लागि मात्रै बनेको भन्दै भविश्य नरहेको बताउनु भएको हो ।
‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो । यही समयमा तीन वटा समीकरण भइसक्यो । पाँच वर्षको समय बाँकी छ । त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ,’ खनालले भन्नुभयो, ‘अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन । कुर्सीकै कुरा हो ।’
खनालले थप्नुभयो, ‘हाम्रो पार्टीको कुरा हामी आफै गर्छौं । के गर्नुपर्छ के गर्नु पर्दैन ? त्यो हाम्रो आन्तरिक मामिला हो । हामी आफै निर्णय गर्छौं । तर, गठबन्धनको श्रृङ्खला चाहिँ धेरै आउँछन ।’
उहाँले नेकपा (माले) र नेकपा (एमाले) ले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्