जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १०:०१

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने


काठमाडौं, फागुन २५ सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधनगर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो

संसदको अघिल्लो कार्यकालमा संसदमा यो विधयेकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन तत्कालीन कानून, न्यायतथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ३१ असार २०७९ मा प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा द्वन्द्वकालीनमुद्दा हेर्न गठन हुने सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख

यसमा नेकपा एमाले, द्वन्द्वपीडित, राष्ट्रियमानवअधिकार आयोगले विरोध जनाएका थिए त्यसैले संसदमा दफावार छलफल भइसकेको विधेयक पुनः संसदीय समितिमा फिर्तापठाइएको थियो त्यसयता विधेयक अलपत्र अवस्थामा रहेको थियो

बैठकले  फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्नेनिर्णय पनि गरेको छ ।