तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सी चीनमा माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाउनु भएको छ भने नयाँ इतिहास पनि रच्नुभएको छ
काठमाडौं, फागुन २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक राष्ट्रपतिमा चयन हुनुभएको छ । बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले शुक्रबार ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग (सीएमसी)को अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् । सीविरुद्ध कसैको उम्मेदवारी परेको थिए । तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सी चीनमा माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा उदाउनु भएको छ भने नयाँ इतिहास पनि रच्नुभएको छ ।
सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो । सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बन्नुभएको थियो । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नुभएका हो ।
नयाँ संबिधानमा राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्नेछन भन्ने विषय उहाँमै निर्भर रहने भएको छ । तेस्रो पटक निर्वाचित सीले सोमवार संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्