जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १४:१५

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गर्दा जे देखियो (फोटोफिचर)


काठमाडौं, २७ फागुन । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुग्नुभएको थियो। एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।