जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १९:२५

लन्डनमा रहेकी बलिउड नायिका करिनाले मेकअपबिनै सेल्फी लिएपछि…


काठमाडौं, भदौं ३ । बलिउड नायिका करिना कपुरले बिनामेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । श्रीमान सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा रहेकी करिनाको मेकअप बिनाको तस्विर पोष्ट गरेपछि एकाएक भाइरल भएको हो ।

करिनाको उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन । उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन । ‘अब तपाई बुढी हुनुभयो । पहिलाजस्तो देखिनु भएको छैन । अब बुढीआमा । बुढी करिना । कृपया डाइटिङ बन्द गर्नुहोस । आन्टीजस्तै देखिनु भाछ,’ उक्त तस्विरमा एक फ्यानले लेखेका छन ।

अर्का युजरले भने करिनाको समर्थनमा लेखेका छन । ‘धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन,’ ती युजरले लेखेका छन । करिनाको यो तस्विरलाई लिएर सामाजिक सञ्जालमा थरिथरि टिप्पणी रहेको छ ।