काठमाडौं, २७ फागुन । नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउन सबैले सोच्न जरुरी रहेको बताउनुभएको छ । एमाले उपाध्यक्ष शाक्यले आज संसद भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रपति निर्वाचनमा लागि उम्मेदवारी दर्ता गराएपछि यस्तो बताउनुभएको हो ।
‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’, उहाँले भन्नुभयो । चैत्र ३ गते निर्वाचन हुने उपराष्ट्रपतिको उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्