जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १६:२२

सेयर बजार २६.८० अंकले ओरालाे


काठमाडौं, २८ फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ । १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ ।

४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ । शिभम पावर लिमिटेड करिब १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीहरूले सर्वाधिक कमाएको छ । यता, शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्टिलरीको ५ करोड ७५ लाखबढीको कारोबार भएको छ ।