जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १७:१८

सुनसरीको इनरुवामा एमालेको मिसन ग्रासरुट : यस्ता छन संगठन सुदृढीकरणको योजना


सुनसरी, फागुन २८ । नेकपा एमालेले सुनसरी जिल्लाको इनरुवा नगरमा मिसन ग्रासरुट अन्तर्गत रहेर पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई गति दिएको छ । पहिले नै दुई बैठक गरेपछि जिल्ला पार्टी कार्यालयको सभाकक्षमा करीव नगरका ३ सय अगुवा कार्यकर्ताको सक्रिय सहभागितामा अभियानको गति बढाएको हो ।

नगरस्तरीय विस्तारित भेलाले १० वडामा आयोजना गरिने कामको कार्ययोजना बनाएर उक्त वार्डहरुमा खटिने नगर, जिल्ला र प्रदेश सदस्यहरु समेतलाई सहजीकरणको जिम्मेवारी प्रदान गरेको छ । नगर अध्यक्ष प्रेम पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रीय लेखा परीक्षण समिति सदस्य डीबी साह शंकरले मिसनका महत्व र उपादेयता बारेमा सविस्तार बताउँदै वार्डहरुमा सञ्चालन हुने पार्टीकामको फेहरिस्त उल्लेख गर्नुभयो ।

कोशी प्रदेश सदस्य तथा सांस्कृतिक विभाग प्रमुख डा. बद्रीविशाल पोखरेलले यो अभियान पार्टीलाई पुनर्जीवन प्रदान गर्ने सञ्जीवनी बुटी हो भन्दै यसको सही प्रयोग गर्ने जिम्मेदारी सबै नेता र कार्यकर्ताको रहेको बताउनु भयो । डा. पोखरेलले एमाले देश र जनताका लागि उदाहरणीय काम गरेर बारबार परीक्षित भएको हो भन्दै सिद्धान्त र संगठन, आचरणमा यस पार्टीमा व्याप्त नेपाल प्रवृत्तिको भाइरसलाई समूल नष्ट गर्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्र, प्रदेश र जिल्ला पार्टीबाट अभियानमा परिचलित गरिएका अभियन्ताहरु कमला खड्का,प्रदीप भण्डारी,तथा पार्टी जिल्ला सचिव पर्शुराम यादव, प्रदेश सभासद रामप्रसाद मेहता, नगर सचिव मेघराज न्यौपाने, सदस्य दिलु श्रेष्ठले विषयगत मन्तव्य प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, सुनसरीबाट २०४८ देखि पार्टीकाम सुरु गरेर सक्रिय रहेका इनरुवाका निवर्तमान नगर अध्यक्ष विदुर सुवेदीले पार्टीमा विद्यमान विसंगति हटे इमान्दार नेता र कार्यकर्ता प्रोत्साहित हुन्थे भने भनेँ अर्का प्रगतिशील लेखक कवि अर्जुन दाहालले यस अभियानमा प्रगतिशील कला साहित्य र संस्कृति प्रवर्धन गर्ने काम गर्न सके सुनमा सुगन्ध हुने बताउनु भयो ।

माओ र जननेता मदन भण्डारीका अत्यन्त महत्वपूर्ण माक्र्सवादी सूक्ति अङिकत ब्यानर सजाइएको सभाकक्ष सार रुपले सार्थक रहेको कार्यक्रममा सहभागी डा. पोखरेलले बताउनु भयो ।