काठमाडौं, फागुन २८ । क्याम्पसमा कपी कलमको साटो खुकुरी बोकेर जाने र अन्धाधुन्ध प्रहार गर्ने माधव नेपाल नेतृत्वको पार्टीका बिद्यार्थी संगठनका नेतामाथि नै मुद्धा चलेको छ ।
स्वबियू चुनावको क्रममा क्याम्पसमा खुकुरीको तान्डव देखाउने नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्वबियु स्थायी समितिका सदस्य मनोज चन्दमाथि मुद्धा चलेको हो । काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट उनी खुकुरीसहित पक्राउ परेका थिए । उनीमाथि प्रहरीले अभद्र व्यवहार कसूरमा अनुसन्धान अघि बढाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मनोनयन दर्ताको विषयमा शनिबार विवाद हुँदा एक विद्यार्थीले खुकुरी बोकेर क्याम्पस परिसरमा पसेका थिए । बैतडी मेलौली नगरपालिका–३ घर भई काठमाडौंको सिफल बस्ने चन्दले शनिवार आरआर क्याम्पसमा अन्य संगठनका बिद्यार्थी नेतामाथि खुकुरी हानेका हुन ।
उनीमाथि काठमाडौं जिल्ला प्रशासनबाट अभद्र व्यवहारको कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सो घटना हुँदा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सदस्यताको दुरुपयोग गर्दै हिडने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाञ्जा तथा सो पार्टीका केन्द्रीय सदस्य नितेष पौडेल समेत साथमै हुनुहुन्थ्यो । घटनापछि सो पार्टीका बिद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले कैचीलाई खुकुरी भन्दै प्रचार गरिएको बयान दिनुभएको थियो ।
भिडियोसहितको तथ्य बाहिरिएपछि पराजुली चुप लागेर मुख छोप्दै हिडनु भएको छ । आफूहरु सत्ता गठबन्धनमा रहेको कारण कुनै कार्वाही नहुने भन्दै नितेस र सुदेशले नै चन्दलाई खुकुरीस्हित आएर आतंक मच्चाउन निर्देशन दिएको तथ्य शनिवार नै खुलिसकेको छ ।
चन्दले स्वबियू निर्वाचन भाँडने योजनाका साथ आफ्ना संगठनका अध्यक्ष सुदेश पराजुलीको निर्देशनमा बिद्यार्थीमाथि खुकुरी प्रहार गर्दा नेकपा एमाले निकट अनेरास्ववियुका तीन जना बिद्यार्थी नेता घाइते भएका थिए ।
चन्दमाथि प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्