काठमाडौं, फागुन २७ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो ।
जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिनुभएको छ ।
जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् । अन्तिम नामावली कायम रहँदा जसपाकै दुई उम्मेदवार मैदानमा देखिएका छन । जसपाले प्रमिलालाई उम्मेदवारी फिर्ता गराउन चाहे पनि नमानेपछि यथावत रहेको हो ।
प्रतिक्रिया दिनुहोस्