काठमाडौं, २९ फागुन । एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उहाँ एमाले संसदीय दलको उपनेता हुनुहुन्थ्यो ।
संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गर्नुभएको हो । हिजो अध्यक्ष ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्