काठमाडौ, २९ फागुन । साताको दोश्रो कारोबार दिन आज सेयर बजार ओरालो लागेको छ । आज सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ । यसको ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ।
त्यस्तै दोस्रोमा सिवम सिमेन्टको ५ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ । आज सबै उपसुचकहरुको कारोबार रकम घटेको छ । कारोबारमा सुभम पावरको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत र ग्रिन भेन्चर्सको ३.८६ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्