जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १५:०५

पर्वतमा बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाको कैद सजाय


पर्वत, १ चैत । जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो ।

उहाँले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए । जिल्ला अदालतको फागुन ३० गतेको फैसला अनुसार उनलाई ३ वर्ष कैद सजायसँगै बालबालिकाविरुद्धको कसुर अन्तर्गत ६ महिना र एकीकृत कसुर अन्तर्गत ३ महिनाको कैद सजायको फैसला सुनाइको हो ।

अदालतका सूचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाका अनुसार अदालतले अपहरण सम्बन्धी कसुर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार र जरिबानासहित २ हजार ४ सय गरी ६४ हजार ४ सय रुपैयाँ पीडित राहतकोषमा भर्न पनि आदेश दिईएको छ ।

छोरी अपहरणमा परेको भन्दै बालिकाकी आमा ३४ वर्षीया राधा पौडेल ढुंगानाले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन । सो उजुरी पछि पक्राउ परेका बस्नेतलाई जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेको बेला अदालतले सो आदेश दिएको हो ।