जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १८:२२

प्रधानमन्त्रीका बिश्वासपात्र डिनको यौनजन्य हर्कत बाहिरियो, कार्यकक्षमै महिला कर्मचारीसँग मस्ती (भिडियोसहत)


चितवन, चैत १ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको छ ।

कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग रोमान्स (रासलिला) गरेको भिडियो सार्वजनिक भएको हो ।

आफैले आयोजना गरेको र ६३ जना सहभागी रहेको जुम मिटिङकै समयमा डिन दत्तले महिला कर्मचारीलाई अंगालो हालेको र तिघ्रामा राखेर चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ । विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेको समयमा दत्तले महिला कर्मचारीलाई अंगालो हालेका हुन ।

उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । दत्त डिनको एक कार्यकाल सकेर पुनः अर्को कार्यकालको लागि नियुक्त हुनुभएको हो । उहाँले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

यौनजन्य हर्कत बाहिरिएका डिन दत्त प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिश्वासपात्र हुनुहुन्छ । दत्तले हरेक काममा प्रधानमन्त्रीको नाम जोडने गर्दै आउनु भएको छ ।

भिडियो