जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १३:०६

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्टबाट अन्टसन्ट पोस्ट


काठमाडौं, चैत २ । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_)बाट अन्टसन्ट पोष्ट भएको छ । आज बिहान प्रधानमन्त्री कार्यालयको ट्वीटरबाट @LeftClickSave,@proof_xyz अकाउण्टमा पोस्ट भएका असान्दर्भिक विषयवस्तु रि-ट्विट भएका हुन्।

प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट रि-ट्विट भएपछि आईटी टोलीले यसबारे अध्ययन गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।यस विषयमा प्रधानमन्त्री कार्यालयले भने आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। यस अगाडि पिएमओ नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रका कार्यक्रममा समेत पोस्ट भएको थियो।

नेपालको प्रधानमन्त्री कार्यालयको ट्वीटरबाट ११ वटा फलोवर रहेको छ। ट्वीटरबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बेलायतको प्रधानमन्त्री कार्यालय, अमेरिकी राष्ट्रपति कार्यालय, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, नेपाल प्रहरी, प्रधानमन्त्री दैवी प्रकोप राहत कोष, सूचना तथा सञ्चार मन्त्री, बाराक ओबामा, भारतको प्रधानमन्त्री कार्यालयलाई फलो गरिएको छ।