काठमाडौं, चैत ३ । उपराष्ट्रपति चुनावअन्तर्गतको मतदानमा दुई वटा राजनीतिक दल सहभागी भएका छैनन ।
आज जारी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी नभएका हुन।
प्रतिनिधिसभामा राप्रपाका १४ र नेमकिपाका १ जना सांसद छन् । राप्रपा र नेमकिपा दुवै दल राष्ट्रपति चुनावमा पनि तटस्थ बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्