जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १२:४९

जनयुद्धका सहिदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)


काठमाडौं, चैत ४। सरकारले शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेकाे छ ।

सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हाे ।

फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्काे निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख मागेको थियो । साेही अभिलेखका आधारमा ८ हजार ३७१ जना शहीदहरुकाे नामावली प्रकाशन गरिएकाे हाे । योसँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय शहीदको मान्यता पाएका छन् ।

हेर्नाेस सूची