जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १३:११

अस्कल बदल्ने मार्गचित्र बोकेर मैदानमा कमलराज : यस्तो छ रोचक प्रतिस्पर्धा


काठमाडौं, चैत ४ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरका सरकारी तथा आंगिक कलेजको नेतृत्वका लागि अनेरास्ववियुका विद्यार्थी नेताहरुले उम्मेदवारी दिएका छन् । कतै सर्वसहमतिमा नेतृत्व छनोट भइसकेको छ भने कतै रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रतिस्पर्धा हुने र खास चासोको केन्द्रमा रहेका कलेजमध्येको एक हो, काठमाडौंको अमृत साइन्स क्याम्पस ।

धेरैको ध्यानखिच्न सफल उक्त कलेजमा स्ववियु नेतृत्वका लागि प्रतिस्पर्धा गर्दैछन्, हिमाली जिल्ला बजाङका जुझारु विद्यार्थी नेता कमलराज जोशी । विद्यार्थी आन्दोलनका थुप्रै मोर्चामा सशक्त सहभागिता जनाइसकेका वैचारिक व्यक्तित्व जोशीले यसपालि उक्त कलेजको स्ववियु नेतृत्व पोल्टामा पार्ने निश्चितप्रायः छ ।

विद्यार्थी नेता जोशीले विद्यार्थीको हकहित र शैक्षिक मुद्दाका मामलामा उठाएका सवालसँगै गरेका संघर्ष उत्प्रेरक छन् । २०५३ सालमा जन्मिनु भएका जोशीले बझाङ र कैलालीमा बसेर विद्यालय शिक्षा हाँसिल गरेका हुन । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट उच्च माविबाट प्लस टू र सिद्धनाथ विज्ञान क्याम्पसबाट स्नातक उतीर्ण हुनुभयो ।

पढाइ सँगसँगै अभिनेताभन्ने अभिलाषा बोकेका जोशीलाई परिस्थितिले विद्यार्थी राजनीतितिर धकेल्यो । क्यम्पसका संगठन बनाउन र विस्तार गर्न आउने नेताहरु उनको क्षमता देखेरै प्रभावितहुन्थे । र उहाँ पहिलो चोटि नै अनेरास्ववियु क्याम्पस कमिटीको उपाध्यक्षमा चुनिनुभयो ।अखिलको कमिटीमा आवद्ध भएपछि जोशिले सक्रिय रुपमा विद्यार्थीका मुद्दा उठाए । उहाँ दिनप्रतिदिन आम विद्यार्थीमाझ लोकप्रिय हुँदै गए । र, कमिटीले अध्यक्षले समेत उहाँलाई कार्यबाहक अध्यक्षको जिम्मा दिए ।

कुशलतापूर्वक संगठनको कामगरिरहेका जोशी काठमाडौंको अमृत साइन्स क्याम्पसमा आउनु भयो । जहाँ विद्यार्थी संगठनभित्र चरम गुटबन्दी थियो । त्यसलाई चिर्दै उहाँ निरन्तर अघि बढनुभयो । प्रतिस्पर्धी संगठनसँगै आफ्नै भनौंदाहरुको घेराबन्दीलाई पार गर्दै उहाँले विद्यार्थीको आवाजलाई निरन्तर बुलन्द गरिरहनु भयोे ।

संघर्षका क्रममा उहाँले विपक्षीको आक्रमण सहनु पर्यो, जेलनेल खप्नुपर्यो तर कहिल्यै हतास हुनुभएन । निरन्तरको संघर्षका बाबजुत जोशी अमृत साइन्स क्याम्पसको अध्यक्ष बन्न सफल हुनुभयो । क्याम्पसका अखिलको नेतृत्व पाएपछि उहाँले थुप्रै सुधारका काम गरे । होस्टेलको गुण्डाराज अन्त्य गर्नेदेखि कलेजमा ल्याब निर्माण गर्नेसम्ममा उनको प्रमुख भूमिका रह्यो ।

अहिले केन्द्रीय सदस्य हुँदै अखिलको स्थायी कमिटीमा निर्वाचित जोशी आसन्न स्वावियु निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा सभापतिका उम्मेदवार हुन् । उहाँ अस्कल क्याम्पसको मुहार फेर्न भन्दै अहिले चुनावी मैदानमा लागि पर्नुभएको छ ।

क्याम्पस प्रशासनसमेत हराउन लागिपरेको स्थिति भएपनि आफू निर्वाचत हुनेमा जोशी ढुक्क छन । यहाँ अनेरास्ववियुविरुद्ध क्रान्तिकारीले राप्रपादेखि समाजवादीसम्म गठबन्धन गरेको छ ।