जनता टाइम्स

५ चैत्र २०७९, आईतवार २१:०१

आईएमई पे को नयाँ अफर : ५ को ५ बाट अब इयरबड्स जित्ने मौका


काठमाडौं, ५ चैत्र । आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

१५ दिन (चैत १ देखि १५ गते) सम्म चल्ने यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम– लिङ्क गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा ई–बैंकिङबाट, डेबिटरक्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आईएमई पे वालेटबाट आईएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनुहुनेछ ।

यसका साथै हरेक दिन कम्तीमा १ पटक यी माध्यमहरूबाट आईएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनुहुनेछ । जितेको रकम विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको आईएमई पेले जनाएको छ ।