जनता टाइम्स

६ चैत्र २०७९, सोमबार ११:२७

५ डीआईजीलाई एआईजीमा बढुवा


काठमाडौं, चैत ६ । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उहाँहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानुहुनेछ । सिंह अनिवार्य अवकाशमा गएपछि आज बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।