जनता टाइम्स

६ चैत्र २०७९, सोमबार १२:१७

प्रवासमा पनि मिसन ग्रासरुट अभियान अघि बढाउने प्रवासी नेपाली मञ्चको निर्णय, यस्तो छ कार्ययोजना


अमेरिका, चैत ६ । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको छैटौं बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टाराइको प्रमुख आतिथ्यतामा १८ मार्च २०२३ मा मञ्चको छैटौं पूर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टी सुदृढीकरण तथा मिसन ग्रास रूट लगायतका विषयमा व्यापक सहभागीतामुलक छलफल भएको उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो । बैठकले मिसन ग्रासरुट अभियान सफल पार्न बिभिन्न निर्णय गरेको छ । पार्टी सुदृढिकरणका निम्ति प्रवासमा रहेका सम्पूर्ण संगठनलाई परिचालन गरी पार्टीको मूख्य योजना मिसन ग्रासरूटलाई सफल पार्नको निमित्त विभिन्न तह र तप्कामा काम गर्ने नेताहरूलाई विशेष जिम्मेवारीका साथ खटाइएको छ ।

बैठकले अन्तराष्ट्रिय कमिटीका सदस्यहरुलाई ग्रासरुटको काममा सवैलाई खटाउने र क्रस कन्टी गरेर युरोप र अमेरिकाका सवै देशहरुमा जाने निर्णय गरेको पोखरेलले बताउनु भयो । उक्त बैठकको सञ्चालन मञ्चका सचिव हेम शेर्पाले गर्नुभएको थियो।