जनता टाइम्स

६ चैत्र २०७९, सोमबार १५:४७

कार्यकक्षमै महिला कर्मचारीसँग यौनलिला मच्चाउने डिनको जागिर चट


चितवन, चैत ६ । कार्यकक्षमै महिला कर्मचारीसँग यौन लिला मच्चाउने कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकाय डीन प्रा. जयप्रकाश दत्तको पद गएको छ ।

छानविन समितिका संयोजकले नै दत्तको हर्कतको बिषयमा छानविन नै आवश्यक नरहेको भन्दै राजीनामा दिएपछि दत्त आफैले पदबाट राजिनामा दिनुभएको छ ।

दत्तले विद्यार्थीसँग जुम बैठक चलिरहँदा पदीय मर्यादा विपरित महिला कर्मचारीसँग अमर्यादित हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । सोही कारण उहाँले उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई राजीनामा पत्र बुझाउनु भएको छ । उपकुलपति प्रा डा रेग्मीलाई इमेल मार्फत सोमबार डीन पदबाट राजीनामा बुझाउनु भएको हो ।

उपकुलपति रेग्मीले डीन दत्तले राजीनामा दिएको पुष्टि गर्नुभयो । राजीनामा स्वीकृतिको लागि कुलपतिलाई पठाएको जानकारी पनि उहाँले दिनुभएको छ । राजीनामामा आफू निलम्बित भइसक्दा पनि सामाजिक सञ्जालमार्फत विरोध आइरहेकोले राजीनामा दिएको उल्लेख छ ।