काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् ।कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए ।
तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा उनीहरूले मूल्यवृद्धि खारेज गर्, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्ने लगायतका नाराबाजी गरेका थिए । प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँँकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्