जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १०:२५

पर्वतको कुश्माबजारमै घरभित्र चितुवा पसेपछि


पर्वत, चैत ८ । स्पर्वत सदरमुकाम कुश्मा बजारको भण्डारी टोलमा चितुवाको आतंक मच्चिएको छ । बुधबार बिहानै बस्तीमा छिरेको चितुवा स्थानीयको घरभित्र पसेपछि आतंक मच्चिएको हो । नेपाली कांग्रेस पार्टी कार्यालय अघिको तरकारी टनेलभित्र देखिएको चितुवा नजिकै रहेको ओमबहादुर रेग्मीको घरमा पसेको छ ।

अहिले उक्त ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । घरभित्र चितुवा पसेपछि घरमा रहेका रेग्मीका परिवार तथा चितुवा हेर्न आएका छिमेकीहरूसमेत सबैजना कोठाभित्र ढोका थुनेर बसिरहेका छन् ।

चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानाकारी दिनुभयो । चितुवाले वन अधिकृत अधिकारीलाई समेत आक्रमण गरेको छ। उनको घुँडामा सामान्य चोट लागेको छ । चितुवा पसेको घर वरपरका बासिन्दाहरू त्रसित बनेका छन् ।