जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १२:०७

माधव नेपालको भ्रम टुट्यो भन्दै एमाले प्रवेश गरे नेकपा एसका जिल्ला अध्यक्ष, माओवादीका आधा दर्जन नेता पनि एमाले भित्रिए


बाँके, चैत ८ । नेकपा एकीकृत समाजवादीका रुकुम पश्चिमका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको बिरोधी र सो पार्टीको नेतृत्व राष्ट्रघाती पक्षमा उभिएको भन्दै शर्मा एमालेमा प्रवेश गर्नुभएको हो । शर्माले माधव नेपालको अफवाहको भ्रम टुटेको निश्कर्षपछि एमालेमा फर्किउको बताउनु भएको छ ।

कोहलपुरमा आयोजित कार्यक्रममा शर्मासँगै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य गङ्गाराम चनारा पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नुभयो ।

उहाँसहित नेपाल पत्रकार महासंघ रुकुमका पूर्वअध्यक्ष तथा माओवादी केन्द्रका नेता गणेश विक ‘चिन्तन’, माओवादी केन्द्रका जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य सुनिता चनारा, दलित मुक्ति मोर्चा प्रदेश समिति सदस्य गोरख विक, माओवादी केन्द्रका नेता स्थानीय तिलक बस्नेत, मीना मल्ल बस्नेत, नेकपा विप्लवका जिल्ला नेता कपिल विक, असल क्षेत्री, डिल्लीराज शर्मा, शिव रसाइली लगायत एमालेमा प्रवेश गर्नुभयो ।

सो अवसरमा मिसन ग्रासरुटका लागि लुम्बिनी प्रदेशमा खटिनुभएका पार्टीका स्थायी कमिटी सदस्यद्वय राजन भट्टराई र भानुभक्त ढकाल, केन्द्रीय सदस्य सूर्य ढकाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।