जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार ०८:०४

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीको झुट : अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको छैन


काठमाडौं, ९ चैत्र । बुधवार साँझ मन्त्रीपरिषद विस्तार तथा समसायिक विषयमा छलफल गर्न सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठक बसको थियो। बैठकमा मन्त्रिपरिषद विस्तारबारे प्रारम्भिक छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा अयोग्य लडाकुलाई पैसा दिने विषय पनि उठेको थियो। उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि निर्णय नभएको भनेको लेखकले बताउनुभयो । ‘अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’, उहाँले भन्नुभयो । तर यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको थियो।

यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो।त्यही रकम अहिले दिन लागिएको हो, स्रोतले भनेको थियो, कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको छ। यसैगरी मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने विषयबारे पनि छलफल भएको उहाँले बताउनुभयो । ‘कसले कति मन्त्रालय लिने संख्यामा छलफल भएन, आवश्यकता अनुसार फेरि बैठक बस्छ’, उहाँले भन्नुभयो ।