जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार ११:०२

गृहजिल्ला झापामा दुई दिन बिताउँदै एमाले अध्यक्ष ओली, यस्ता छन कार्यक्रम


झापा, चैत ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिने गृहजिल्ला भ्रमणमा रहनुहुने भएको छ । अध्यक्ष ओली आज र भोलि गृहजिल्ला झापामा रहनुहुने भएको हो ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली बिभिन्न कार्यक्रममा सहभागी हुन झापा आउन लाग्नुभएको हो । आज दिउसो १ बजे भद्रपुर हुँदै दमक आउने कार्यक्रम रहेको अध्यक्ष ओली आज दमक स्थित आफ्नै निवासमा बस्नुहुनेछ ।

थापाका अनुसार भोली मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी भोली नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको हालसम्मको अवस्थाका बारेमा पनि अध्यक्ष ओलीले जानकारी गराउनुहुनेछ । यसैगरी झापा सञ्चालन भइरहेको ग्रासरुट अभियानको बारेमा पनि नेताहरु जानकारी गराउने तयारी गरेका छन् ।

एमजीआरमा कार्यकर्ताहरुले राखेका जिज्ञासा,समस्या आदिका बारेमा पार्टी अध्यक्षलाई जानकारी गराइने जिल्ला सचिव शिव ढुंगेलले जानकारी दिनुभयो ।