जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १६:०५

एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो


काठमाडौं, ९ चैत । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिँदा एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

आजदेखि नेप्सेमा एसियन हाइड्रोपावरको ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । सेयर बजार बन्द भएपश्चात हाइड्रोपावरमा करिब १० प्रतिशतले मूल्य बढेको छ । एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको हो ।

सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार आजदेखि सुरु भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । कारोबारको आधारमा नेप्सेले तोकेको रेन्ज भन्दा २९.२० अंकले बढेर ३२८.६० विन्दुमा अडिएको छ । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।