जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १६:४६

पहिलो कारोबारमै घट्यो कालिन्चोक दर्शनको मूल्य


काठमाडौं, ९ चैत । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो । कारोबारको आधारमा पहिलो दिनमै कालिन्चोकको मूल्य घटेको छ । उक्त कम्पनीको छैटौँ स्थानमा आएको र जम्मा ३।९४ प्रतिशतले यसको मूल्य बढेको हो ।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा नेप्सेले तोकेको हो । सेयर बजार बन्द भए लगतै ५.३० अंकले बढेर १३९.७० विन्दुमा अडिएको छ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।