जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १३:२४

आरएमडिसी लघुवित्तको साधारणसभा आज, के–के छन् प्रस्ताव ?


काठमाडौं, १० चैत । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा आज बस्दैछ । लघुवित्तको सञ्चालक समितिको बैठकले २७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।

त्यस्तै सभाले साना किसान लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेस हुने छन् । उक्त सभा आज अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।