जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १३:२५

यी हुन सवैभन्दा बढी र सवैभन्दा कम जनसंख्या भएका नेपालका पाँच जिल्ला


काठमाडौं, चैत १० । नेपालको कुल २ करोड ९१ लाख ६४ लाख ५ सय ७८ जना जनसंख्यामध्ये सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ।

केन्द्रीय तथ्यांक बिभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।

काठमाडौंपछि धेरै जनसंख्या हुने जिल्लामा मोरङ दोस्रो, रुपन्देही तेस्रो, झापा चौथो र सुनसरी पाँचौं स्थानमा रहेका छन्। यस्तै, यस्तै सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको छ। मनाङको जनसंख्या ५ हजार ६५८ जनाको अक्सर बसोवास रहेको नतिजामा उल्लेख छ।

कम जनसंख्या हुने जिल्लामा मनाङपछि क्रमशः मुस्ताङ दोस्रो, डोल्पा तेस्रो, रसुवा चौथो र हुम्ला पाँचौं स्थानमा रहेको छ ।