जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १८:४३

माधव नेपालको गृहजिल्ला रौतहटमै रित्तियो नेकपा एस, प्रभावशाली नेता सवै एमाले प्रवेश (सूचीसहित)


रौतहट, चैत १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा सो पार्टीमा पहिरो गएको छ । माधव नेपाल नेतृत्वको पार्टीमा लाग्नेहरुको भविश्य अन्धकार रहेको निश्कर्षसहित आज जिल्लाका प्रभावशाली नेताहरु एमालेमै फर्किएका हुन ।

रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथापूर्वप्रधानमन्त्री नेपाल नेतृत्वको नेकपा एसका ३१ जना प्रभाबशाली नेताहरु आज पत्रकार सम्मेलन गरी पुरानो घर नेकपा एमालेमा फर्किएका छन । नेकपा एसमा राजनितिक भबिष्य अन्धकार नदेखेपछि आफनो पुरानै घर नेकपा ती नेताहरुले बताएका छन ।

‘नेकपा एसमा राजनितिक भबिष्य अन्धकार देखेपछि पुरानै घर एमालेमा फर्कियौं,’ पत्रकार सम्मेलनमा नेताहरुको भनाई थियो । नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी जनप्रिय युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमालेमै रहेको र आफनो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताउनु भयो ।

घरका छोरा छोरी रिसाएर कहिलेकही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउदा हर्षित भएको अनुभुति पनि दाहालले सुनाउनु भयो । गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघीय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधब नेपालको भुमिका देखेर नै उनहाँबाट पार्टी नचल्ने निश्कर्ष निकालेर पुरानो घर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ छ ।

दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटी अध्यक्ष हुँदै प्रदेश कमिटीका सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को २ कार्यकाल क्षेत्रीय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन ।

यस्तै नेकपा एसको प्रदेश कमिटी सदस्य तथा नेकपा एसका पुराना नेता अमर आलेले पनि माधब नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको भबिष्य नदेखेको कारण पुरानै घर फर्किएको बताउनु भयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द्रपुर ४ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका आलेले आफूले मलजल गरेको नेकपा एमाले पार्टी नै भएको कारण पुरानो घर फर्किएको बताउनु भयो ।

यसैगरी नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि पुरानै घर फर्किनु भएको छ । नेकपा एसमा राजनितिक सुरक्षित नभएको र आफनो पार्टी भनेको नेकपा एमाले मात्रै जस्तो मन मस्तीकमा रहेको कारण पनि आफनो पुरानो घर फर्किएको नेता कलिमुल्लाहले बताउनु भयो । उहाँले मुलुकमा कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै भएको प्रष्ट भइसकेको भन्दै सो पार्टीमा लागेकाहरु अव ढिला नगरी आफनो पुरानो घर एमालेमा फर्कनुको बिकल्प नभएको बताउनु भयो ।

सोही कार्यक्रममाफर्त एमाले फर्कनेहरुमा नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिकाबहादुर कार्की, जिल्ला कमिटी सदस्यहरु बिनोद चौधर, राजन थापा, रामकुमार खडका, मधुसुदन धिताल, रामचन्द्र दाहाल,नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भु प्रसाद गुप्ता, वनपती देबी सहनी हुनुहुन्छ ।

यस्तै नेकपा एस गरुडा नगर कमिटीका अध्यक्ष श्याम नन्दन सहनी, गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी, होस नारायण यादब, सुरेश चौधरी, लालबहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेब मण्डल, शेख मजहर आलम, पारस सहनी, शेख रेयाज, राम सेवक राय लगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिनुभयो ।

एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज पुरुषोतम पौडेलले स्वागत गर्नुभयो । कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवाल, पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतको उपस्थिती रहेको थियो ।