काठमाडौं, चैत १२ । नवनियुक्त प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताउनु भएको छ । प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह ग्रहणपछि उहाँले यस्तो धारणा राख्नुभएको हो ।
आइजीपी कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो। ‘संगठनको आन्तरिक सुदृढीकरण भीष्म प्रतिज्ञा हो,’ महानिरीक्षक कुँवरले भन्नुभयो ।
आइतबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यादी चिन्ह ग्रहणपछि प्रहरी महानिरीक्षक कुँवरले प्रहरीमा अबको सुधार आफूले गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो । कुँवरले मुलुकभर शान्ति सुरक्षा कायम गर्न अन्य सुरक्षाका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने बताउनु भयो । गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह लगाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्